
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबिच शनिबार भेटवार्ता हुँदैछ । वार्ताका लागि डा. गोविन्द केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
चिकित्सा शिक्षा विधेयकमा भएको तोडमोडको विरोधमा डा. केसी २७ दिनसम्म अनशन बसेका थिए । सरकारसँग सम्झौता भएपछि साउन १० गते अनशन तोडेका थिए ।
तर सम्झौता कार्यान्वयनमा सरकार उदासिन भएको डा. केसीको आरोप छ । यहिबिचमा प्रधानमन्त्रीसँग हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।