
काठमाडौं- एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालका ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले अर्धशतक बनाएका छन्।
मलेसियाको बायोमास ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १४ रन जोड्दा २ विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएका खनाल र कुमालले सानदार साझेदारी गर्दा नेपाल उच्च योगफल तर्फ अघि बढेको छ। २८ ओभरको समाप्तीमा नेपाल ३ विकेट गुमाएर १ सय ५० रनमा खेलिरहेको छ।
कुमाल ७८ बलमा ५५ रन बनाएर आउट हुँदा खनाल ७८ रन बनाएर खेलिरहेका छन्। यि दुइबिच तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको साझेदारी गर्दै टिमलाई मञ्जबुत अवस्थामा पुर्याएका छन। त्यसअघि नेपालका ओपनर दिपक बोहरा ५ रन तथा आकाश त्रिपाठी शुन्य रनमा आउट भएका थिए।
यसअघि नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका थिए।