उपचारपश्चात स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

उपचारपश्चात स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ
+
-

काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार स्वदेश फर्किएका छन्। जनवादी गणतन्त्र चीनको भ्रमणका क्रममा उनलाई त्यहीँ हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए। चीनको राजधानी बेइजिङमा उपचार गराएर उनी डिस्चार्ज भएपछि स्वदेश फर्किएका हुन्।

श्रेष्ठ १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी भएका थिए। त्यसलगतै उनलाई हृदयाघात भएको थियो। उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो।

श्रेष्ठलाई हृदयाघात भएपछि आकस्मिक शल्यक्रिया गरिएको थियो। मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठ ३ कात्तिकमा स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले कात्तिक ८ गते मात्रै स्वदेश फर्किएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?