विश्वकप इतिहासमा म्याक्सवेलको सर्वाधिक चाँडो शतक, नेदरल्यान्ड्सलाई ४ सय रनको लक्ष्य

विश्वकप इतिहासमा म्याक्सवेलको सर्वाधिक चाँडो शतक, नेदरल्यान्ड्सलाई ४ सय रनको लक्ष्य
+
-

अस्ट्रेलियाले एकदिवसीय विश्वकपको आफ्नो पाँचौं खेलमा विश्वकप इतिहासमा सर्वाधिक चाँडो ब्यक्तिगत शतकको नयाँ कीर्तिमान बनाएको छ।

नेदरल्यान्ड्स विरुद्ध पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ४०० रनको उच्च स्कोर बनाउँदा दुई खेलाडीले शतक र दुई खेलाडीले अर्धशतक प्रहार गरे। अस्ट्रेलियाले टस जितेरर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ९९ रनको विशाल लक्ष्य बनाएको थियो।

नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा बुधबार भएको खेलमा ग्लेन म्याक्सवेलले १०६ रनको शतकीय इनिङ खेले। उनले विश्वकपमा सर्वाधिक चाँडो शतकको कीर्तिमान बनाए। उनले ४० बलमा शतक पुरा गरेका थिए।

यसअघि यो कीर्तिमान एडन माक्रमको नाममा रहेको थियो। उनले ४९ बलमा शतक बनाएका थिए। त्यसअघि ओपनर डेभिड वार्नरले ९३ बलमा १०४ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै मार्नस लबुसेनले ६२ रन बनाउँदा स्टिभ स्मिथले ७१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्ते जो इंग्लिसले १४ तथा कप्तान प्याट कमिन्सले १२ रनको अविजित इनिङ खेले।

नेदरल्यान्डसका लागि लोगन भान बेकले ४ विकेट लिंदा बास ८ लिडले २ र आर्यान दतले १ विकेट लिएका थिए। ४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले राम्रो सुरुवात गरेको छ। २ ओभरको समाप्तीमा विकेट नगुमाई २७ रन बनाएको छ। ओपनर विक्रमजित सिंह र म्याक्स ओड्वाड क्रिजमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?