
काठमाडौं- त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ। टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्डर विवेक यादवको स्थानमा स्पिनर ललितनारायण राजवंशीलाई प्लेइङ ११ मा समेटेको छ। सन्दीप लामिछाने नहुँदा ललित प्रमुख स्पिनरका रुपमा रहेका छन्।
नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हरायो। उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटमा अघि रहँदै फाइनल खेलेको हो।
युएई नेपाललाई फाइनलमा हराउँदै लिग चरणमा भोगेका दुई हारको बदला लिने सोचमा छ। नेपाल भने आफ्नो रवाफ फाइनलमा पनि कायम राख्ने सोचका साथ मैदानमा उत्रिंदै छ।
नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी।