अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता

अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेटवार्ता
+
-

काठमाडौँ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ।

अन्तर ब्यबस्थापिका संघ(आइपियु)को १४७ औं महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिना नेपाल र आयरल्याण्ड बिचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको बताए।

‘नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ। अध्यक्ष तिमिल्सिनाले भने,‘संसदीय अनुभवको आपसी आदनप्रदान मार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रकृयालाई सवल बनाउने अवसर हाम्रो सामु रहेको छ।’

उनले दुइ देशकाबीचमा यस अघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने बिश्वास ब्यक्त गरे।

‘आगामी दिनमा नेपाल र आयरल्याण्डका संसदबीच साँसद र कर्मचारी दुबै तहमा भ्रमण आदानप्रदान निरन्तर गर्न सकिएमा एक अर्काको असल अभ्यास सिकेर दुबै साँसद लाभान्वित हुनेछन्।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा बिचमा लोकप्रिय भएकाले उलेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरे।

भेटवार्ताका क्रममा आयरल्याण्ड माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुबै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्दै आगामी दिनमा साझा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए।

नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?