
एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जित्नै पर्ने खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्न लागेको हो।
चेन्नईको चेपाक मैदानमा केही बेरपछि सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो रवाफिलो उपस्थिति चाहन्छ। दक्षिण अफ्रिका पछिल्ला ५ खेलमा ४ खेल जितेको छ। पाकिस्तान भने लगातार ३ खेलमा पराजित भएपछि अङ्क तालिकामा समेत छैटौं स्थानमा रहेको छ। जारी विश्वकपमा दक्षिण अफ्रिका उपाधि दाबेदार मानिन्दै आएको छ।
विश्वकपमा यि दुई टिमबिच कुल ५ खेल भएका छन्। ३ खेलमा दक्षिण अफ्रिका विजयी हुँदा २ खेलमा पाकिस्तान विजयी भएको छ। १९९९ पछि भएका २ खेलमा दुबै खेल पाकिस्तानले जितेको छ। २०१५ र २०१९ मा भएको खेलमा पाकिस्तान विजयी भएको थियो।
एकदिवसीय खेलमा भएका ८२ खेलमा ५१ दक्षिण अफ्रिका र ३० खेलमा पाकिस्तान विजयी भएका छन्। एक खेल नतिजा विहीन भएको छ।