
एकदिवसीय विश्वकप अन्तर्गत शनिबारको पहिलो खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई जितका लागि ३ सय ८९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
जारी विश्वकपमा ३ सय ५० प्लसको स्कोर भएको यो सातौँ पटक हो। न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङका लागि मैदान उत्रिएको अस्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रन बनाएर अलआउट भयो।
अस्ट्रेलियाका लागि ट्रेभिस हेडले शतकीय इनिङ खेले। उनले १०९ रन बनाउँदा डेभिड वार्नरले ८१ रनको इनिङ खेले। त्यस्तै ग्लेन म्याक्सवेलले ४१ रन बनाउँदा मिचेल मार्सले ३६ तथा जोस इंग्लिसले ३८ रन बनाए। त्यस्तै कप्तान प्याट कमिन्सले ३७ रन बनाउँदा स्टिभ स्मिथ र मार्नुस लबुसेनले समान १८-१८ रन बनाएका थिए।
न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले ३-३ विकेट लिंदा मिचेल स्यान्टनरले दुई विकेट लिएका थिए। त्यस्तै जेम्स नीशम र म्याट हेनरीले समान १-१ विकेट लिएका थिए। अस्ट्रेलियाले अन्तिम ८ बलमा आफ्ना ४ विकेट गुमाउँदै अलआउट भएको थियो।