फोटोमा कांग्रेस चियापान

फोटोमा कांग्रेस चियापान
+
-

काठमाडौँ-  नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा १२ हजारभन्दा धेरै जना सहभागी भएको कांग्रेसले जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चियापान तथा शुभकामना कार्यक्रमका लागि १० हजार जनालाई निमन्त्रणा पठाएकोमा १२ हजारभन्दा बढी उपस्थित भएकाे बताए।

 

कांग्रेसले चियापानमा सहभागी हुन सार्वजनिक आह्वान पनि गरेको थियो।
कार्यक्रम समापनपछि विश्वकर्माले देश सञ्चारसँग भने,‘अपेक्षित र तुलनात्मक रुपमा कार्यक्रम भव्य र सभ्य ढंगले सम्पन्न भएको छ, जसरी हामीले हतार हतारमा दसैँपछि लगत्तै कोजाग्रत पूर्णिमामा आयोजना गरिएको यस कार्यक्रममा हाम्रा अतिथिहरु हतार भएको स्थितिमा पनि अत्यन्तै राम्रो उपस्थिति रह्यो। राजनीतिक दलका नेताहरु, कुटनीतिक प्रमुख र प्रतिनिधि लगायतको रह्यो।’

विगत बर्षभन्दा व्यवस्थापकीय पक्ष राम्रो रहेको उनले बताए। चियापानमा सहभागी हुन दुई वटा लाइनको व्यवस्था गरिएको थियो।

आम सर्वसाधारणको लागि एउटा लाइन थियो भने दलका नेता, मन्त्री तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि अर्को लाइनको व्यवस्था गरिएको थियो।

चियापानमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, सरकारका मन्त्रीहरु, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने,  विभिन्न प्रदेशका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

शनिवार दिउँसो १ बजेदेखि अपरान्ह ५ बजेसम्म चियापान तथा शुभकामना कार्यक्रम गरिएको थियो। कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?