ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध, सेफिल्डको पोस्टमा आर्सनलको पाँच गोल

ब्रेन्टफोर्डसँग चेल्सी स्तब्ध, सेफिल्डको पोस्टमा आर्सनलको पाँच गोल
+
-

इंग्लिस प्रिमियर लिगमा चेल्सी ब्रेन्टफोर्डसँग २-० ले स्तब्ध भएको छ। शनिबार राति भएको खेलमा चेल्सी सिजनको चौंथो हार भोग्न बाध्य भयो। शनिबारनै भएको अर्को खेलमा आर्सनलले अङ्क तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गर्‍यो।

ब्रेन्टफोर्डले चेल्सीलाई हराउने क्रममा उसका लागि दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए। खेलको ५८ औं मिनेटमा इथन पिननकले पहिलो गोल गर्दा दोस्रो गोल ब्रायन एमबेउमोले इन्जुरी समयमा गरेका थिए खेलमा चेल्सीले बल पोसेसन राख्दै पकड कायम गरेपनि गोलका अवसर भने सिर्जना गर्न सकेन।

यद्यपि ब्रेन्टफोर्डले भने चेल्सीको पोस्टमा पाएका अवसरमा दुई गोल गर्दै टिमको तीन अङ्क निश्चित गरेको थियो। जितपछि ब्रेन्टफोर्ड १० खेलबाट १३ अङ्कका साथ १० औं स्थानमा उक्लिंदा समान खेल खेलको चेल्सी ११ औं स्थानमा रहेको छ।

शनिबारनै भएको अर्को खेलमा भने साविक उपविजेता आर्सनलले लिग अङक तालिकाको पुछारमा रहेको सेफिल्डमाथि गोल वर्षा गर्‍यो। एडि एनकेटिसले प्रिमियर लिगमा पहिलो ह्याट्रिक गरेका थिए।

त्यस्तै फावियो भिएरा र टोमियासुले समान १-१ गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको आर्सनलले बाँकी ४ गोल दोस्रो हाफमा गर्‍यो।जितपछि आर्सनल १० खेलबाट २४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ। समान खेलबाट टोटेनह्याम २६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको सिटी २१ अङ्कका साथ तेस्रो र लिभरपुल २० अङ्कका साथ चौंथो स्थानमा रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?