जारी विश्वकपमा कमजोर इंग्ल्यान्ड र अपराजित भारत भिड्दै

जारी विश्वकपमा कमजोर इंग्ल्यान्ड र अपराजित भारत भिड्दै
+
-

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा आइतबार भारत र इंगल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम, लखनउमा दिउँसो २:१५ मा खेल सुरु हुने छ। जारी विश्वकपमा साविक च्याम्पियन इंगल्यानड खराव लयमा रहँदा भारत आफ्नो उच्च लयलाई निरन्तरता दिन मैदानमा उत्रिने छ।

त्यसोत विश्वकपमा इतिहासमा भारत इंगल्यान्ड सँग विगत २० वर्षयता निरीह रहँदै आएको छ। भारत २० वर्षदेखि एकदिवसीय विश्वकपमा इंग्ल्याण्डविरुद्ध जितको प्रतीक्षामा छ। टोलीले पछिल्लो पटक २००३ मा इंगल्यान्डलाई हराएको थियो। त्यसपछि यी दुईबीच दुई खेल भएको थियो। २०११ को खेल बराबरी भयो भने २०१९ मा भारतीय टोली पराजित भयो।

प्रतियोगिता सुरु हुनुअघि यो विश्वकपको सबैभन्दा हाइ प्रोफाइल खेलका रुपमा इंगल्यान्ड र भारतविचको खेललाई हेरीएको थियो। उपाधि दाबेदार दुई टोलीबीचको खेल तर,  प्रतियोगिताको आधाभन्दा बढी समय बित्दा इंग्ल्यान्ड साँचिकै इतिहासकै कमजोर लयमा सिमित हुँदा भारत इतिहासकै बलियो बन्दै अघि बढेको छ।

भारतले अहिलेसम्म आफ्ना पहिलो पाँच खेल जितेको छ र १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। जबकि इंग्ल्याण्डले पाँच मध्ये एक मात्र खेल जित्यो र बाँकी चार खेलमा हार बेहोरेको छ। इंग्लिस टोली १० औं तथा अन्तिम स्थानमा छ।

आजको खेलमा भारतीय टोलीले जित हासिल गरेमा सेमिफाइनल पुग्ने निश्चित हुने छ। जितसँगै भारतले १२ अंक जोड्ने छ र तालिकाको स्थानले १२ अंक जोड्ने टोली सेमिफाइनलमा पुग्ने ९९ प्रतिशत निश्चित छ। पराजित भएमा इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिने पक्का जस्तै हुने छ।

दुई टोलीबीच हालसम्म कुल १०६ एकदिवसीय खेल भएका छन्। भारतले ५७ खेल जितेको छ भने इंग्ल्याण्डले ४४ खेल जितेको छ। तीन खेल अनिर्णित रह्यो भने दुई खेल बराबरीमा रोकिए। विश्वकपमा दुवै टोलीले अहिलेसम्म ८ पटक भिडेका छन्।

४ मा इङ्ल्यान्ड र ३ मा भारत विजयी भएका छन्। २०११ मा, बेंगलुरुको मैदानमा यी दुई बीचको समूह चरणको निकै रोमाञ्चक खेल भएको थियो। उक्त खेल बराबरी सकियो। उक्त खेलमा सचिन तेन्दुलकरले आफ्नो एकदिवसीय क्रिकेटको ४८ औं शतक प्रहार गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?