
काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीमा छलफल गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आएलगत्तै प्रचण्डको पार्टी पदाधिकारीको अनौपचारिक छलफल आह्वान गरेका थिए।
गुटेरेस गएराति काठमाडौँ आएका छन्। आज उनको उच्चस्तरीय भेटवार्ता छ। प्रधानमन्त्री प्रचण्ड र गुटेरेसको पनि आज दिउँसो भेटवार्ता तय भएको छ।
भेटघाटअघि प्रचण्डले आफ्ना पार्टीका पदाधिकारी तथा शीर्ष नेता सँग बालुवाटारमा अनौपचारिक छलफल गरेका हुन्। सत्तारुढ दल माओवादीले गुटेरेसको भ्रमणलाई प्रभावकारी र फलदायी बनाउने निर्णय गरेको पार्टीका महासचिव देव गुरुङले देश सञ्चारलाई जानकारी दिए।
गुटरेसले आगामी मंगलबार नेपालको सदनलाई सम्बोधन गर्दैछन्। माओवादी बैठकमा संक्रमणकालीन न्यायबारे पनि छलफल भएको छ।
गुटेरेसले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रचण्डले गुटेरेससँग भेट्नुअघि पार्टीका पदाधीकारीसँग अनौपचारिक छलफल गरेका हुन्।