पाकिस्तानलाई सहयोग गर्नु मूर्खता: ट्रम्प

पाकिस्तानलाई सहयोग गर्नु मूर्खता: ट्रम्प
+
-

न्युयोर्क-अमेरिकाले पाकिस्तानलाई दिँदै आएको साढे २५ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोगमा रोक लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई सहयोग रोकिने चेतावनी दिँदै आएका थिए।

राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आतंकवाद नियन्त्रण गर्न पाकिस्तानले सहयोग नगरेको आरोप लगाउँदै आएको छ। सहयोगका सबै कुरा पाकिस्तानी व्यवहारमा निर्भर पर्ने अमेरिकाले जनाएको छ ।

नयाँ वर्षको शुभकामना दिएलगत्तै ट्रम्पले आतंकवाद नियन्त्रणमा साथ दिन नसकेको भन्दै पाकिस्तानको आलोचना गरे।

उनले ट्विट गरे, ‘अमेरिकाले विगत २५ वर्षदेखि मूर्खतापूर्ण तरिकाले ३३ अर्ब अमेरिकी डलर सहयोग थियो । यसको साटो हामीले धोका र छलबाहेक केही पनि पाएनौं। हाम्रा नेताहरूलाई मूर्ख सम्झिइयो । उसले आतंकवादीलाई सुरक्षा दिइरह्यो । हामीले अफगानिस्तानमा खरानी बटुल्दै बस्यौं। अब यो सम्भव छैन।’

ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘हाल पाकिस्तानलाई साढे २५ करोड डलर दिने अमेरिकाको कुनै योजना छैन।’ राष्ट्रपति ट्रम्पले पाकिस्तानी भूमिमा हुने आतंकवादविरोधी काम निर्णायक रूपमा गरिनुपर्ने अपेक्षा गरेको जानकारी दिए।

दक्षिण एशियाको रणनीति समर्थनमा पाकिस्तानको कारबाहीबाट ऊसँगको सम्बन्ध निर्धारण गरिने अमेरिकी भनाइ छ। यसमा पाकिस्तानलाई दिइने सैन्य सहायता पनि सामेल छ। अमेरिकी प्रशासनले पाकिस्तानलाई दिएको सहयोगबारे समीक्षा गर्दै आएको छ।

ट्रम्पको ट्विटको केही घण्टापछि पाकिस्तानी विदेश मन्त्रालयले अमेरिकाको भनाइको विरोध गरेको छ। अमेरिकाबाट आफूलाई अविश्वास मात्रै मिल्ने गरेको पाकिस्तानको भनाइ छ।

यो पनि हेर्नुहोस्:

पाकिस्तानको सबै सहयोग रोक्ने ट्रम्पको चेतावनी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?