
एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इंगल्यान्डलाई जितका लागि २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रनको स्कोर तयार गरेको हो।
भारतका लागि रोहित शर्माले सर्वाधिक ८७ रन बनाएँदा सुर्यकुमार यादवले ४९ रन बनाएका थिए। त्यस्तै केएल राहुलले ३९ रन बनाए। थप दोहोरो स्कोरका रुपमा जसप्रित बुमराहको १६ रन रह्यो। इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिंदा क्रिश वक्स, अदिल र अदिल रसिदले समान २-२ विकेट लिए। त्यस्तै मार्क वुडका नाममा १ विकेट रह्यो।
विश्वकपमा इतिहासमा भारत इंगल्यान्ड सँग विगत २० वर्षयता जितविहीन रहेकाले आज जितको प्रयासमा रहेको छ। भारतले पछिल्लो पटक २००३ मा इंगल्यान्डलाई हराएको थियो। त्यसपछि यी दुईबीच दुई खेल भएको थियो। २०११ को खेल बराबरी भयो भने २०१९ मा भारतीय टोली पराजित भयो।