
काठमाडौँ -आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत जारी एसिया छनोटमा नेपालले सिंगापुरले लगातार विकेट गुमाउन पुगेको छ।
सिंगापुरले ७.५ ओभरमा ५४ रन जोड्दा आफ्ना ४ विकेट गुमाएको हो। उसका लागि सर्वाधिक रन बनाएका रोहन रङ्गराजा ४६ रनमा आउट भएपछि क्रिजमा आएका अमर्त्या कउल पनि शुन्य रनमा आउट भए।
त्यसअघि सिंगापुरका सुरेन्द्र चनद्रमोहन सन्दीप लामिछानेको बलमा ६ रनको अवस्थामा आउट भएका थिए। लगतै अर्को ओभरमा रोहन रङ्गराजनलाई ४६ रनमा आउट भए। उनलाई गुल्सन झाले आउट गरेका थिए।
यसअघि ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका थिए। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमाएको थियो। यद्यपि रोहन रङ्गराजनले उत्कृष्ट इनिङ खेल्दा सिंगापुरले राम्रो सुरुवात दिन भने सफल भयो। उनले २९ बलमा ४६ रन बनाएर खेलेका थिए।
उनले ओपनर तथा कप्तान अरित्र दतको विकेट लिएका हुन। सिंगापुरले दोस्रो बलमानै कुनै रन नजोड्दै विकेट गुमायो।