भूगोलको नेपाल मेची-महाकाली भएपनि भावनाको नेपाल संसारभर छरिएको छ-लिङदेन

भूगोलको नेपाल मेची-महाकाली भएपनि भावनाको नेपाल संसारभर छरिएको छ-लिङदेन
+
-

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भूगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको बताएका छन्।

अमेरिका भ्रमणमा रहेका लिङदेनले पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उद्घाटन गर्दै नेपाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए।

लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रुपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयाँ दिशा प्रदान गरेको र राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रुपमा उभ्याएको दाबी गरेका छन्।

उनले पार्टीमा अझै धेरै मिहिनेत गर्न बाँकी रहेको बताउँदै पार्टीको मात्रै नभई देशकै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनले भने,‘एउटा राजनीतिक परिवर्तनमा हाल नेतृत्वमा रहेकाहरुको योगदान रह्यो होला तर कठिन अवस्थाबाट गुज्रिरहेको देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरुले विश्राम लिनुपर्ने छ। परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समुहसँगको व्यक्तिगत र सामुहिक भेटमा त्यस्तो धारणा पाएको छु’।

अध्यक्ष लिङ्देनले राप्रपाले उठाएको राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभइ यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि भएको प्रष्ट पारे।

उनले भने,‘ढिलो चाँडो नेपाल त्यहाँ नपुगी छाड्दैन, अर्को बाटो पनि छैन, कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौं भन्ने राप्रपाको प्रष्ट दृष्टिकोण रहेको छ।’ अमेरिकामा रहेका नेपालीलाई आश्वस्त तुल्याउदै अध्यक्ष लिङ्देनले भने,‘प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरुको साथ,समर्थन र ऐक्यबद्धता खोजेको छ।’

अधिवेशनलाई अध्यक्ष लिङदेन, पार्टीका नेता पूर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आईसीसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ ,सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई ,एनआरएनए अमेरिका उपाध्यक्ष ज्ञानेन्द्र गुरूङ, सिटि काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाण्डौं क्षेत्र नं ५ का राप्रपा उमेदवार डा.रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गरेका थिए।

अधिवेशनले टेक्सासका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन गरेको छ। यसैगरी उपाध्यक्ष दिपु भुषाल, टेक्सास, नरेन्द्र शाह, न्युयोर्क, बामदेव अर्याल, मेरिल्याण्ड, केमिका भण्डारी, मेरिल्याण्ड, महासचिव डा.शंकर बिशुंखे, न्युयोर्क, सचिव गोविन्द सिंह ठकुरी टेक्सास र कोषाध्यक्ष रामशरण श्रेष्ठ, न्यु हेम्पसायर रहेका छन्।

समाजको सल्लाहकारमा राजेन्द्र शेरचन, राधा शर्मा र नरेन्द्र खड्का रहेका छन्। नवनिर्वाचित कार्यसमितिलाई राप्रपाका अध्यक्ष लिङ्देनले करि लिफ बैंक्वेटमा आयोजित समारोहमा स्वागत र सम्मान गरेका थिए।

पानस अमेरिकाको टेक्सासको ड्यालसमा आयोजित तेश्रो अधिवेशनको उद्घाटन कार्यक्रमका फोटोहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?