आइसिसी टी ट्वान्टी विश्वकप छनोट: सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य

आइसिसी टी ट्वान्टी विश्वकप छनोट: सिंगापुरद्वारा नेपाललाई १४६ रनको लक्ष्य
+
-

काठमाडौँ–आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको विजयी लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो। पहिलो ओभरको दोस्रो बलमै कप्तान अरत्रा दत्तलाई गुमाएको सिंगापुरले आक्रामक सुरुवात गरेको थियो।

ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्।
सिंगापुरका आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे।

नेपालका लागि अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए। अर्को खेलमा बहराइनले यूएईलाई १३६ रनको लक्ष्य दिएको छ। मुलपानी मैदानमा जारी खेलमा टस हारेको बहराइनले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनायो।

घरेलु मैदानको फाइदा उठाउँदै सन् २०१४ पछि विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाल सिंगापुरलाई हराउँदै सुखद सुरुआत गर्न चाहन्छ ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?