मेसीले जिते आठौं पटक बालोन डि’ओर, महिला तर्फ बोनमाटीलाई अवार्ड

मेसीले जिते आठौं पटक बालोन डि’ओर, महिला तर्फ बोनमाटीलाई अवार्ड
+
-

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान तथा इन्टर मियामी फर्वाड लियोनेल मेसीले आठौं पटक बालोन डि’ओर अवार्ड हात पारेका छन्।

३६ वर्षीय मेसीलाई पेरीसमा गत वर्ष विश्वकप उपाधि दिलाएपछि आठौं पटक बालोन डि’ओरका प्रखर दाबेदार रहेका थिए। उनले सिटी फर्वाड अर्लिङ हालान्ड र पिएसजी स्टार केलिएन एम्बाप्पेलाई पछि पार्दै अवार्ड हात पारेका हुन।

महिला तर्फको उपाधि भने स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर एइटाना बोनमाटीले जितेकी थिइन। उनले पहिलो पटक बालोन डी’ ओर जितेकी हुन्।

२५ वर्षीय बोनमाटीले बार्सिलोनालाई च्याम्पियन्स लिग तथा लालिगा च्याम्पियन बनाउँदा स्पेनलाई विश्वकप दिलाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन। उनी यसअघि गत अगस्टमा युइएफए प्लेयर अफ द इयरबाट समेत सम्मानीति भएकी थिइन।

इंग्ल्यान्डका रियल म्याड्रिड स्टार जज बेलिङघमले भने कोपा ट्रफि जिते। उनी विश्वको उत्कृष्ट खेलाडीका रुपमा यो अवार्ड हात पार्न सफल भए।

मेसीले बालोन डी’ओर जित्ने क्रममा म्यान्चेस्टर सिटीका फर्वाड अर्लिङ हालान्डलाई पछि पारे। मेसीले अवार्डपछि भने ‘पुन एकपटक यो एतिहासिक क्षणमा सामेल हुन पाउँदा खुसी छु।’ उनले थपे ‘विश्वकप जित्ने सपना साकार पार्‍यौं।’

मेसीले आफूले प्राप्त गरेका उपलब्धिका पछाडी इतिहासका उत्कृष्ट टोलीको हिस्साका रुपमा रहेको बताए। उनले सबै बालोन डी’ओर फरक कारणले अर्थपूर्ण रहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?