एकदिवसीय विश्वकपमा अफगानिस्तानको सनसनि, तीन पूर्व च्याम्पियन पराजित

एकदिवसीय विश्वकपमा अफगानिस्तानको सनसनि, तीन पूर्व च्याम्पियन पराजित
+
-

अफगानिस्तानले एकदिवसीय विश्वकप २०२३ मा आफ्नो सनसनिपूर्ण प्रदर्शन जारी राखेको छ। सोमाबार अफगानिस्तानले १९९६ को विश्व च्याम्पियन श्रीलंकालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गर्‍यो।

अफगानिस्तानले जारी प्रतियोगितामा यो पटक तीन पूर्व च्याम्पियनलाई पराजित गरीसकेको छ। अफगानिस्तानले यो सिजन अहिलेसम्म ३ पूर्व च्याम्पियन टोलीलाई पराजित गरेको छ । यसअघि टोलीले पाकिस्तान र इंग्ल्याण्डलाई पनि हराएको थियो ।

जितसँगै अफगानिस्तानको ६ खेलबाट ६ अंक बनाएर पाँचौं स्थानमा उक्लिएको छ। अफगानिस्तान सेमिफाइनल दौडमा रहेको छ। श्रीलंका भने अफगानिस्तानसँगको पराजयसँगै सेमिफाइनल होडबाट लगभग बाहिरिएको छ।श्रीलंकाको ६ खेलमा ४ अंक मात्र छ।

पुनेको मैदानमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो। श्रीलंकाको टोली ४९.३ ओभरमा २४१ रन बनाएर अलआउट भयो। जवाफमा उक्त लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

अफगानिस्तानका तर्फबाट अजमातुल्लाह ओमरजाई सर्वाधिक ७३ रन बनाए। त्यस्तै रहमत शाहले ६२ रन, कप्तान हशमतुल्लाह शाहिदी ५८ रनको अर्धशतकीय इनिङ खेले। ओपनर इब्राहिम जाद्रान ३९ रनमा आउट भएका थिए।

त्यसअघि श्रीलंकालाई मध्यम योगफलमा समेट्ने क्रममा फजलहक फारुकीले ४ र मुजिब उर रहमानले २ विकेट लिएका थिए।श्रीलंकाका लागि कुनैपनि खेलाडीले अर्धशतकीय इनिङ खेल्न सकेनन्।  पथुम निसन्काले ४६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान कुशल मेन्डीसले ३९ रन तथा सदिरा समराविक्रमाले ३६ रन बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?