एकदिवसीय विश्वकप: न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका

एकदिवसीय विश्वकप: न्युजिल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका
+
-

एकदिवसीय विश्वकपको ३२औं खेलमा साविक उपविजेता न्युजिल्यान्डले बुधबार दक्षिण अफ्रिकाको सामना गर्दै छ। महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडिमय (एमसीए)  स्टेडियममा न्युजिल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।

बुधबार दुवै टोलीले अघिल्लो खेलको प्लेइङ ११ मा समान एक-एक परिवर्तन गरेका छन्। लकी फर्गुसनको स्थानमा टिम साउदीलाई न्यूजिल्याण्डले टोलीमा समावेश गर्दा दक्षिण अफ्रिकाले कागिसो रबाडालाई तबरेज शम्सीको स्थानमा प्लेइङ ११ मा समेटेको छ।

आजको खेल जित्ने टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुने छ। ६ खेलमा ४ जित हात पारेको न्युजिल्यान्ड ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। दक्षिण अफ्रिका ६ मध्ये ५ खेल जितेर १० अंकसहित दोस्रो स्थानमा छ।

सन् १९९९ देखि विश्वकपमा यी दुईबीच ५ खेल भएका छन्, पाँच खेलमा न्युजिल्यान्डले जित हात पारेको छ। जसमा २०११ र २०१५ विश्वकपका २ नकआउट खेलहरू पनि समावेश छन्। सन् २०१५ को सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा प्रवेश गरेको थियो।

अकल्याण्डमा न्युजिल्यान्डलाई अन्तिम २ बलमा ५ रन चाहिएको थियो। त्यस सिजनका सबैभन्दा खतरनाक बलर डेल स्टेनले बलिङ गरिरहेका थिए। स्टेनको बलमा ग्रान्ट इलियटले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले रोमाञ्चक खेल ४ विकेटले विजयी भएको थियो।

सन् २०११ को विश्वकपको क्वाटरफाइनलमा पनि न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै प्रतियोगिताबाट घर पठाएको थियो। मिरपुरमा भएको खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २२१ रन बनाएको थियो। दक्षिण अफ्रिकालाई २२२ रनको लक्ष्य दिएको थियो। जवाफमा दक्षिण अफ्रिकाको टोली १७२ रनमा अलआउट भयो।

एकदिवसीय रेकर्डको प्रदर्शन खासै राम्रो छैन। दुई टोलीबीच हालसम्म कुल ७१ ओडीआई भएका छन्। जसमा न्यूजिल्याण्डले २५ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ४१ खेल जितेको छ। ५ खेल नतिजाविहीन भएका थिए।

विश्वकपमा यि दुई टोली अहिलेसम्म ८ पटक भिडेका छन्, जसमा न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेका छन्। चार वर्षपछि दुई टोली एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्।

पछिल्लो पटक दुवैले २०१९ को विश्वकपमा भेट भएका थिए। प्रतियोगिताको २५ औं खेल बर्मिङ्घममा भएको थियो, जसमा न्युजिल्यान्डले अन्तिम ओभरमा चार विकेटले विजयी भएको थियो। टोलीका नियमित कप्तान केन विलियम्सनले खेलमा शतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?