आफ्नो विश्वकप इतिहासकै फराकिलो जित सहित भारत सेमिफाइनलमा

आफ्नो विश्वकप इतिहासकै फराकिलो जित सहित भारत सेमिफाइनलमा
+
-

एकदिवसीय विश्वकपमा भारत सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। उत्कृष्ट फर्ममा रहेको भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गर्ने क्रममा श्रीलंकालाई ३०२ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो।

यो जित विश्वकपको इतिहासमा भारतको सबैभन्दा ठूलो जित हो। भारतले आफ्नो १६ वर्ष पुरानो कीर्तिमानमा सुधार गरेको छ। टोलीले २००७ मा बर्मुडालाई २ सय ७५ रनले हराएको थियो। जारी विश्वकपमा भारतले लगातार सातौं खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। भारत ७ खेलमा १४ अंक शहीत शीर्ष स्थानमा रहेको छ।

मुम्बईको वानखेडे स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो। यो सिजनमा टोलीको उत्कृष्ट स्कोर हो। दोस्रो इनिङ्समा भारतीय बलरले श्रीलंकालाई १९.४ ओभरमा ५५ रनमा अलआउट गर्यो।

भारत विरुद्ध निरीह रहेको श्रीलंका कौशन रजिथाले १४ रन बनाउनु सर्वाधिक रह्यो। भारतका लागि मोहम्मद शामीले ५ तथा मोहम्मद सिराजले ३ र जसप्रित बुमराहले १ विकेट लिएका थिए। स्पिनर रविन्द्र जडेजाले एक विकेट लिए। यसअघि शुभमन गिल ९२ बलमा ९२ रन तथा विराट कोहली ९४ बलमा ८८ रन बनाएका थिए। त्यस्तै श्रेयस अय्यर ८२ रन बनाएका थिए। भारतका तीन खेलाडी शतक नजिक पुगेपनि शतक बनाउनबाट भने चुके।

भारत-श्रीलंका खेलको रोचक तथ्य र रेकर्डहरु

कोहलीले श्रीलंकाविरुद्ध ४०१८ अन्तर्राष्ट्रिय रन बनाएका छन्। उनी श्रीलंकाविरुद्ध सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्। सचिन तेन्दुलकर ५१०८ रन बनाएर शीर्ष स्थानमा रहेका छन्।

कोहलीले १३ औं पटक विश्वकपमा ५० प्लस रन बनाएका छन्। कोहली विश्वकपमा सर्वाधिक ५० प्लस स्कोर बनाउने नन-ओपनर खेलाडी बने। उनी समग्र पचास प्लस स्कोरको दोस्रो स्थानमा छन्। उनीभन्दा सचिन तेन्दुलकरले मात्र ५० प्लसको स्कोर २१ पटक रन बनाएका छन्।

यो विश्वकपमा कोहलीको ५औं फिफ्टी प्लस स्कोर समेत हो। उनले श्रीलंका विरुद्धको एकदिवसीय खेलमा १२ औं अर्धशतक बनाएका थिए।कोहलीले २०२३ मा एक हजारभन्दा बढी ओडीआई रन बनाइसकेका छन्।

उनले आठौं पटक एक वर्षमा एक हजारभन्दा बढी ओडीआई रन बनाएका छन्। उनी एक वर्षमा एक हजारभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन्। उनले सचिन तेन्दुलकरको कीर्तिमान तोडे। तेन्दुलकरले एक वर्षमा ७ पटक एक हजारभन्दा बढी रन बनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?