आठविसकोट: प्लास्टिकको बर्षातीमुनि नै काजकिरिया (तस्बिरहरु)

आठविसकोट: प्लास्टिकको बर्षातीमुनि नै काजकिरिया (तस्बिरहरु)
+
-

‍रुकुम पश्चिम – आठविसकोट नगरपालिका–११ रुकुम पश्चिमकी ७२ वर्षकी कोइली पुनको १७ गते गएको भूकम्पमा मृत्यु भयो। मगर संस्कारअनुसार उनको तीन दिनको कार्य पनि प्लास्टिकको वर्षातीमुनि नै भयो।

छोरीहरु हिरा पुन, सरस्वती, रमितासहित उनका भाइका छोरा उनको किरिया बसे। ‘हामीले आफूले जसोतसो सकेको गरेर काम सक्यो। हाम्रोमा तीन दिनमा शुद्धको कार्य गर्ने गरिन्छ। आफ्नै खर्चले आज गरिँदैछ,’ जेठी छोरी हिराले भनिन्,’अब माथि बस्नलाई केही छैन। मेरो घर यतै तल हो। त्यसैले यतै तीन दिनको काम गरेका हौँ।’

आफूहरुलाई राहतको बारेमा केही जानकारी नभएको हिराले बताइन्।

त्यस्तै, रुकुम पश्चिम – ११ बस्ने ६५ वर्षका टेकबहादुर चन्द र खली चन्द (श्रीमान् श्रीमती)को पनि भूकम्पमा पारेर मृत्यु भएको छ। उनीहरुको घरमा आएका अरु दुईजनाको गरी चारजनाको एकै घरमा मृत्यु भयो।

चन्दका छोरा गोपाल चन्द मलेसिया छन् भने बुहारी काठमाडौँमा छिन्। माइतीमा आफ्ना बाबुआमाको निधनको दुःखद् खबरपछि भने उनका दुई छोरी आठविसकोट र दाङबाट आएका छन्।

घटनापछि आवश्यक प्रक्रिया पूरा गरेर शव शनिबार बेलुका मात्र घर पुर्‍याए। आज दुवै जनाको दाहसंस्कार गरिएको अमृता शाही बताइन्।

‘राति घटना भयो। मेरो माइलो बुबामुवा हुनुहुन्थ्यो। मेरो बैनीको घर पनि यहीँ नजिक भएकोले बैनीले फोनमा घटनाको बारे जानकारी दिएपछि बिहान ७ बजे आइपुगेँ,’ उनले भनिन्, ‘अहिले सबैजना मलामी गएका छन्। बैनीहरु पनि उतै गएका छन्। तर अहिलेसम्म कहाँ कसरी काजकिरियाको लागि बस्ने केही थाहा छैन।’

उनले पनि राहतका त्रिपाल कता आएका छन् केही जानकारी नभएको बताइन्। ‘अब खुला आकाशमै त होला बस्ने,’ उनले भनिन्।

यता भने केन्द्र सरकारले राहतको काम अगाडि बढिसकेको राहत पठाइसकेको भनिरहँदा यहाँका जनताले भने काजकिरयाको काम पनि खुल्ला आकाशमुनि नै गर्नुपर्ने देखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष