२० वर्षपछि एकदिवसीय विश्वकपमा भारतको लगातार आठौं जित

२० वर्षपछि एकदिवसीय विश्वकपमा भारतको लगातार आठौं जित
+
-

एकदिवसीय विश्वकपमा आयोजक भारतले लगातार आठौं खेलमा जित हासिल गरेको छ। आइतबार भएको खेलमा सेमिफाइनल पुगिसकेका दुई टोलीबिच भएको भिडन्तमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनले पराजित गर्दै लगातार आठौं जित निकालेको हो। भारतले २० वर्षपछि विश्वकपमा लगातार आठौं खेलमा जित हासिल गरेको हो।

यसअघि भारतले २००३ मा लगातार आठ खेलमा जित हासिल गरेको थियो। भारतको जितमा ब्याटिङ तर्फ विराट कोहलीले कीर्तिमानी शतकीय इनिङ खेल्दा बलिङमा रविन्द्र जडेजाले ५ विकेट चट्काए।

कोलकाताको इडेन गार्डेन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको  भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका २७.१ ओभरमा ८३ रनमा समेटियो। दक्षिण अफ्रिकाका लागि मार्को जनसेनको १४ रन सर्वाधिक रह्यो। उनी बाहेक रसी भान डेर डुसेनले १३ रन बनाउँदा टेम्बा बभुमा र डेभिड मिलरले समान ११-११ रन बनाए।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा रविन्द्र जडेजाले ९ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै मोहम्मद सामी र कुलदीप यादवको समान २-२ विकेट रह्यो। मोहम्मद सिराज १ रनमा आउट भए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि विराट कोहलीले आफ्नो जन्मदिनमा शतक प्रहार गर्दै एकदिवसीय अन्तराष्ट्रियमा सचिन तेन्दुलकरको सर्वाधिक शतकको विश्व कीर्तिमान बराबरी गरेका थिए। सचिनले ४९ शतक प्रहार गरेका थिए। विराटले पनि उनी समान ४९ शतक बनाएका हुन।

विराट जन्म दिनमा शतक प्रहार गर्ने तेस्रो भारतीय खेलाडी बन्दा विश्वका सातौं खेलाडी समेत बने। विराटले सचिनको कीर्तिमान २ सय ७७ इनिङमानै बराबरी गरे। सचिनले भने ४ सय ५१ इनिङमा ४९ शतक बनाएका थिए।

कोहली १ सय १ रनमा अविजित रहँदा श्रेयस अय्यरले ७७ रन बनाएका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा कप्तान रोहित शर्माले ४० रन बनाउँदा शुभमन गिलले २३ तथा सुर्यकुमार यादवले २२ रन बनाए। रविन्द्र जडेजा २९ रनमा अविजित रहे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?