भूकम्पले बढी प्रभावित क्षेत्रमा नलगाड नगरपालिकाद्वारा राहत वितरण(तस्बिरसहित)

भूकम्पले बढी प्रभावित क्षेत्रमा नलगाड नगरपालिकाद्वारा राहत वितरण(तस्बिरसहित)
+
-

जाजरकोट- शुक्रबार जाजरकोटमा गएको भूकम्पले बढी प्रभावित भएको क्षेत्रमा नलगाड नगरपालिकाले राहत वितरण सुरु गरेको छ।

हालसम्म पूर्ण क्षतिको विवरण नआइसकेको भएपनि प्राप्त मोटामोटी विवरणका आधारमा राहत वितरणको लागि पठाउन सुरु गरेको नलगाड नगरपालिकाका अधिकृत प्रभात सुवेदीले जानकारी दिए।

कूल १३ वडा रहेको यस नगरपालिकाका १ देखि ७ वडा भूकम्पबाट बढी प्रभावित रहेको र हाल बढी प्रभावितका लागि त्रिपाल, बल्याङ्कैट, जग, बाल्टिन, प्रोटबाल ट्वाइलेट ‍लगायत अत्यावश्यक सामान वितरण गरिएको उनले बताएका हुन्।

उनका अनुसार भौगालिक विकटताका कारण पनि उद्धार एवम् राहत वितरणमा कठिनाई भइहेको छ।

त्यस्तै, राहतमा औषधि पनि पठाएको प्राथमिक अस्पतालका प्रमुख डाक्टर विशाल उप्रेतीले जानकारी दिए।

हालसम्म विभिन्न संघ-संस्थाहरूले दिएको राहत सहित औषधिहरू पठाइएको उनको भनाइ छ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, शास्त्र प्रहरी उद्धारका लागि पनि प्रचलित गरिएको छ।

शुक्रबार राति करिब ११:४७ मा जाजरकोटको रामडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको ज्यान गएको छ। उक्त भूमकम्पमा परी १७० जना घाइते भएका छन्। उनीहरूको जिल्ला, प्रा‍देशिक तथा राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष