भूकम्पले एकैघरका ६ जनाको मृत्यु, श्रीमती, दुई छोरी र एक छोरा गुमाए उदयले

भूकम्पले एकैघरका ६ जनाको मृत्यु, श्रीमती, दुई छोरी र एक छोरा गुमाए उदयले
+
-

जाजरकोट – भेरी नगरपालिका–१ का ४० वर्षीयका उदय विक आज मात्र घर पुगेका छन्। उनी गत वर्ष कार्तिक ३० मा वैदेशिक रोजगारका लागि मलेसिया गएका थिए।

शुक्रबारको भुकम्पमा परी उनले श्रीमती जानुका सुनार (३०), छोरीहरु शर्मिला (१३), अञ्जली (८) र छोरा उज्जल (४) लाई भूकम्पमा गुमाएका छन्। साथै उनका माइला भाइकी छोरी निरुता (११) र भान्जी को पनि भूकम्पमा परी मृत्यु भएको छ।

आफ्नो घरमा श्रीमतीसहित ६ जनाको भूकम्पमा परी ज्यान गएको खबर उनले विदेशमै थाहा पाए। त्यसपछि उनी जसोतसो गरेर आज आइपुगेपछि भूकम्प गएको ४ दिनपछि ५ जनाको अन्तिम संस्कर गरिएको छ।

आफ्नो मुटुको टुक्राजस्ता छोराछोरीको अन्तिम बिदाइ गर्दैगर्दा विक्षप्त अवस्थाका उदयले बिलौना गरे,’यिनै छोराछोरीको लागि गएको थिएँ। तर, आज सबैले मलाई छोडेर गए। मैले कुन दिनमा के पाप गरेछु! छोरालाई कस्तो बनाउँला भने सोचेको थिएँ। तर आज यस्तो भयो हे भगवान!’

यतिबेला जाजरकोट शोकमा छ। गाउँमा मृत्यु हुनेको संख्या धेरै हुँदा साहुहिक दाहासंस्कार गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष