
देश सञ्चार
कात्तिक २१, २०८०

अ
+
अ
अ
-
काठमाडौँ-नेकपा एमालेले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको जानकारी दिए।
बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उनको भनाइ छ।

