भूकम्पपीडितको राहतको लागि प्रधानमन्त्रीलाई कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाख बुझाए

भूकम्पपीडितको राहतको लागि प्रधानमन्त्रीलाई कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाख बुझाए
+
-

काठमाडौँ-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र एकीकृत समाजवादी नेकपा एसले २५ लाख रुपैँया बुझाएका छन्।

दुवै दलका नेतृत्वले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै सो रकम बुझाएका हुन्।

कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले बिहान प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो।

कांग्रेसले भूकम्प पछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराएको छ।

भेटमा प्रधानमन्त्रीले विगतका राम्रा अनुभवहरूको अनुसरण गर्ने बताए।

उनले भूकम्पप्रभावित तथा पीडितको खोज र उद्धारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए।

नेकपा एसले पनि २५ लाख रुपैयाँको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो। पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि हस्तान्तरण गरेको हो।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?