हुम्लामा मौसमी फ्लुका बिरामी बढे

हुम्लामा मौसमी फ्लुका बिरामी बढे
+
-

सिमकोट – हिमाली जिल्ला हुम्लामा मौसमी फ्लुका बिरामी संख्या दैनिक रूपमा वृद्धि भइरहेको गाउँपालिकाका स्वास्थ्यकर्मीले बताएका छन्। लामो समय खडेरी परेका कारण धुँवा धुलो हुनु र चिसो बढेकाले यस रोगका बिरामी बढेका हुन्।

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले केही दिनयता दैनिक रुपमा मौसमी फ्लुका बिरामी बढिरहेको बताए।

उक्त गाउँपालिकाका ६ वटा स्वास्थ्य संस्थाले दैनिक नब्बे जनासम्म यस्ता लक्षणका बिरामी उपचारका लागि आउने र अवस्था हेरी स्वास्थ्य संस्थामा भर्ना गर्ने र उपचारपछि घर फिर्ता पठाउने गरिएको छ।

दैनिक रुपमा यस्ता खाले बिरामी संख्या वृद्धि हुन थालेपछि शाखाले घरदैलो शिविर सञ्चालन गरिएको छ। यसरी मौसमी फ्लुका बिरामी बढ्नुमा विशेष गरी लामो समयसम्म पानी नपरेका कारण धुँवाधुलोका साथै चिसो बढेकाले रुघाखोकी, ज्वरो आउने, दमका बिरामी बढिरहेको उनको भनाइ छ। खार्पुनाथ गाउँपालिकाकाका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले पनि चिसो बढेकाले मौसमी फ्लु रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको बताए।

गाउँपालिकाका १३ वटा स्वास्थ्य संस्थामा दैनिक डेढ सयसम्म रुघाखोकी, निमोनिया, टाउको दुख्ने बिरामी आउने गरेको बताए। यो समय नै मौसमी फ्लुको भएका कारण प्रत्येकले धुँवाधुलो र चिसोबाट बच्न र झोलिलो ताततातो खानेकुरा खान उनले सुझाव दिए।

जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले तीन दिनयता रुघाखोकी र ज्वरो आउनेका साथै दमका बिरामी उपचारका लागि आउने क्रम बृद्धि भएको बताइन्। दैनिक चालीस जनासम्म यस्ता रोगको लक्षण भएका बिरामी अस्पतालमा आउने गरेको जानकारी दिँदै उनले केहीलाई त अस्पतालमै भर्ना गर्नु परिरहेको बताइन्।

लामो समय पानी नपरेका कारण धुँवा–धुलो बढ्नुका साथै चिसो पनि बढिरहेकाले सबैले सचेतना अपनाउनुपर्ने अस्पतालले जनाएको छ। यस्ता रोगका बिरामी चंखेली, अदानचुली, सर्केगार्ड र सिमकोट गाउँपालिकामा बढी रहेको पाइएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?