पहुँच हुनेलाई सजिलै राहत, बिरामी हुने जोखिममा भूकम्प पीडित

पहुँच हुनेलाई सजिलै राहत, बिरामी हुने जोखिममा भूकम्प पीडित
+
-

जाजरकोट- कात्तिक १७ गते राति गएको भूकम्पको कारणले कतिले आफ्ना प्रियजन गुमाएका छन् भने कतिले आफ्नो बास। अहिले जाजरकोटमा पूर्ण रुपमा क्षति नभएका घरमा पनि मानिसहरू बस्ने अवस्था छैन। बेलाबेला भूकम्पको पराकम्पन गइरहेका छन्।

भूकम्प गएलगत्तै प्रधानमन्त्रीदेखि मन्त्री, नेता, हिजोमात्र राष्ट्रपति र आज संसद्को टीमसमेत त्यहाँ स्थलगत अवलोकन भन्दै पुगेको अवस्था छ। तर, त्यहाँका जनताले भने आज भूकम्प गएको ६ दिन बितिसक्दा पनि कतिपय ठाउँमा एउटा पालसमेत नपुगेको गुनासो हुने गरेको छ।

नलगाड नगरपालिका- ३ का धौलकमान बोहराले भने- ‘अहिलेसम्म हामी खुलामै सुतेका छौँ। कसैले पुरानो च्यातेको पाल मिलाएर सुतेका छन्। कोही खुल्ला आकाशमुनि सुतेका छन्, अहिलेसम्म कसैको कुनै राहत आएको छैन।’

यता भेरी नगरपालिका वडा १ का मधुकर बादीलें पनि राहत नपाएको गुनासो गरेका छन्। ‘अहिले नगरपालिका कार्यालय आएको छु। राहत छैन भन्नुहुन्छ। पहुँच हुनेले सजिलै जति लगे पनि हुने रैछ। हाम्रो पहुँच छैन। केहीलाई थोरै पाल दिए हामी धेरैजसो बाहिरै सुतेका छौँ। पुगेको छैन। बच्चासँगका महिला छन्। बच्चा छन्। बिरामी पर्न लागिसके। हामीलाई शौचालयको पनि समस्या भइरहेको छ।’

भूकम्पपीडित क्षेत्रमा झाडापखाला फैलिएला कि भन्ने डर भएको छ।  बादीका अनुसार यस्तो बेला वडाध्यक्ष पनि भेट गर्न पाइएको छैन।  ‘हाम्रो वार्डको एरिया ठूलो छ। वार्ड अध्यक्षज्यू अर्को ठाउँ जानु भएको रैछ । उहाँलाई कुरिरहेको छु,’ बादीले देशसञ्चारसँग भने।

त्यस्तै भेरी नगरपालिकाको माथिल्लो थाप्लेमा रहेका भूकम्प पीडितले पनि आफूहरुलाई कुनै खाले राहत सरकारको तर्फबाट प्राप्त नभएको बताए। आफूहरुलाई ‘राधे राधे’ले खाना तथा पालमा सुत्ने व्यवस्था गरेको र आफूहरु त्यहीँ बसेको भूकम्प पीडित मनोज केसीले बताए। ‘म बिहान वार्ड कार्यालय पनि गएको थिएँ। तर पीडितको वास्ता छैन, चिनेकालाई भने फोन गरीगरी बोलाएर दिने, वास्तविक पीडितलाई तुच्छ व्यवहार गर्ने,’ उनले भने।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भने आफूहरुले राहत सामग्री पीडितमाझ पुर्‍याईरहेको दाबी गरे। ‘हामीले स्थानीय पलिकालाई दिने हो, उहाँहरूले बाँडिरहनुभएको छ, अहिले धेरै ठाउँ पुगिसकेको छ,’ उनले भने।

देशसञ्चारसँगको फोन सम्पर्कमा प्रजिअ सुनारले भने- ‘म अहिले नलगाड नगरपालिकाका स्थानमा अनुगमनमा आएको छु। तपाईंले भनेजस्तो राजनीतिकरण देखियो भन्ने गुनासो हामीलाई पनि आएको भएर म यता अनुगमनमा छु। त्यस्तो केही पाएको खण्डमा हामी कारबाही पनि गर्छौ।’

एकद्वार प्रणाली गरिएको कारणले भूकम्प पीडित माझ राहत पुग्न ढिला भएको हो भन्ने प्रश्नमा प्रजिअ सुनारले भने-  एकद्वार प्रणालीले झनै सहज तरिकाले पीडित माझ राहत पुर्‍याउन सजिलो भएको छ। राहत कसैलाई दोहरिन सक्थ्यो, कसैले नपाउन सक्थे यो प्रणालीले सबै पीडितमाझ पुर्‍याउन सहज बनाएको छ।

प्रजिअले यस्तो दाबी गरे पनि राहत चाँडो र सहज रुपमा आफूहरुले नपाएको पीडितको गुनासो छ। राहतमा राजनीतिक पक्षपात गरिएको उनीहरुको आरोप छ।  पहुँच हुनेले सजिलै राहत पाएको तर पहुँच नहुनेले केही पनि नपाएको उनको गुनासो थियो।

राहतकै विषयमा विवाद हुँदा जाजरकोटमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतलाई हात हाल्नेसम्मको अवस्था आएको थियो।

अझै पनि कतिपय ठाउँमा राहत नपुग्दा र जाजरकोटमा चिसो बढ्दै जाँदा जाजरकोटबासी बिरामी पर्ने जोखिम देखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष