सेमिफाइनलमा भारत-न्युजिल्यान्ड भेट लगभग पक्का

सेमिफाइनलमा भारत-न्युजिल्यान्ड भेट लगभग पक्का
+
-

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्ड सेमिफाइनल नजिक पुगेको छ। बिहीबार भएको खेलमा न्युजिल्यान्डले श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान लगभग पक्का गरेको हो। न्युजिल्यान्डले श्रीलंकालाई फराकिलो अन्तरले हराएसँगै पाकिस्तान र अफगानिस्तानको अब गणतिय सम्भावना मात्र बाँकी छ।

जितपछि न्युजिल्यान्डको नेटरनरेट ०.७४३ भएको छ। अब यो रनरेटमा पाकिस्तानले किवी टिमलाई पछि पार्नका लागि २ सय ८७ रनले हराउनु पर्ने छ। यदी काल्पनिक रुपमा इंगल्यान्डले १ सय ५० रनको सामान्य लक्ष्य दियो भने पनि यो लक्ष्य ३.५ ओभरमा पुरा गर्नु पर्ने हुन्छ। त्यस्तै अफगानिस्तानले न्युजिल्यान्डलाई पछि पार्ने हो भने ४ सय ३८ रनले दक्षिण अफ्रिकालाई हराउनु पर्ने छ। यसको अर्थ न्युजिल्यान्डले शीर्ष चारको यात्रा पक्का गर्‍यो।

यो सँगै फेरी एकपटक भारत र न्युजिल्यान्ड सेमिफाइनल भिड्ने निश्चित बनेको छ।  अर्को सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन्।

बिहीबारको जितपछि लिगचरणका सबै खेल खेलेको न्युजिल्यान्ड १० अङ्कका साथ अङ्क तालिकाको चौंथो स्थानमा उक्लिएको छ। अन्तिम खेल हारेसँगै ४ अङ्क बनाएको  श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

बैंगलोरको एम चिन्नास्वामि स्टेडियममा १ सय ७२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २३.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। उसका लागि ओपनर डेभन कन्वेले सर्वाधिक ४५ रन बनाउँदा रचिन रविन्द्रले ४२ रन बनाए। त्यस्तै कप्तान केन विलयमसन १४ रनमा आउट भए। ड्यारीयल मिचेल ४३ रनमा आउट हुँदा ग्लेन फ्लिप्स १७ रनमा अविजित फर्किए। श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले २ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाका लागि कुशल परेराले ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। उनी बाहेक महेश थिकसनाले ३८ रनको अविजित इनिङ खेल्दा धन्नजय डि सिल्भाले १९ रन बनाएका थिए। त्यस्तै एन्जेलो म्याथ्युज १६ रन बनाएका थिए।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?