तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार
+
-

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो।

सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस बोहराले तिहारको विदा भरि स्वासथ्य चौकी खुला गर्ने निर्णय अनुसार चौबीसं घण्टा बिरामीलाई सेवा दिई रहेको बताए।

बिदामा स्वास्थ्य संस्था बन्द हुने समयमा बिरामीले कुरेर कार्यालय सञ्चालनमा आएपछि सेवा लिने समस्या यसवाट अन्त्य भएको छ।

उनले विदामा स्वास्थ्य चौकी सुचारु गर्ने कार्यले बिशेष गरि गर्भवती, आकस्मिक र दीर्घरोगीको बिरामीलाई सहज भएको बताए।
उनले स्वासथ्य चौकीका कार्य बिबरण नै तयार पारेर स्वास्थ्यकर्मी आफ्नो सेवामा खटिएको कारण सबैले सधै आउन पनि नपर्ने तर बिरामीलाई पनि असुबिधा नभएको बताए। उक्त स्वास्थ्य चौकीले तिहार विदा अवधिमा चार जना स्वास्थ्यकर्मीहरुलाई खटाएको छ।

यता सिमकोट गाउँपालिकाका अन्य बाह्र वटा स्वास्थ्य संस्थाहरुले पनि तिहारको विदाको अवधिमा चौबीसै घण्टा सेवा प्रवाह गरिरहेको जनाएका छन्। बिरामीको उपचार विदामा पनि गर्नका लागि गाउँपालिका स्वास्थ्य शाखाले यसअघि सुझाव दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?