
युरो छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो सातौं खेलमा फ्रान्सले १० खेलाडीमा समेटिएको गिब्रालटरमाथि कीर्तिमानी जित हासिल गरेको छ।
फ्रान्सले इतिहासकै फराकिलो जित निकाल्ने क्रममा गिब्रालटरलाई १४-० ले पराजित गर्यो। फ्रान्सको फराकिलो जितमा केलिएन एम्बाप्पेले ह्याट्रिक गर्दा किंग्सली कोमन र ओलीभर जिरुडले समान २-२ गोल गरे।
त्यस्तै फ्रान्सको जितमा पहिलो हाफमा गोल गरेका १७ वर्षीय जेरी एमरी १९१४ पछि फ्रान्सका लागि सर्वाधिक कलिलो उमेरमा गोल गर्ने खेलाडी बने। उनले ७ वर्ष ११ दिनमा गोल गर्न सफल भए।
फ्रान्स यसअघिनै युरोकपमा छनोट भइसकेको छ। फ्रान्स समूह ‘बी’ मा २१ अङ्कका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पनि युरोकपमा स्थान सुरक्षीत गरेको छ। डच टोलीले रिपब्लिक अफ आयरल्यान्डलाई १-० ले हराउँदै युरोकपमा स्थान पक्का गरेको हो।