‘टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)

‘टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरसहित)
+
-

काठमाडौं- सरकारले टिकटकमा लगाएकाे प्रतिबन्ध विरुद्ध काठमाडौंकाे माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।

युवाहरूले साेमबार बिहान टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर सरकार भन्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘देशमै गरिखान देऊ’, ‘मेराे अधिकार कहाँ छ?’, ‘टिकटक प्रतिबन्ध खारेज गर’, ‘तानाशाही बन्द गर’, ‘टिकटक बन्द हाेइन, भ्रष्टाचार बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका छन्।

कात्तिक २७ गते बसेकाे मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियाे।

टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेकाे हाे।

टिकटक प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्। टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजैबाट सुनुवाइ प्रारम्भ हुँदैछ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए।

टिकटकमा प्रतिवन्ध लगाएकाे भन्दै सरकारकाे चाैतर्फी विराेध भइरहेकाे छ।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष