एक सयदेखि ३ सय बेडसम्म भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाइ हुन्छः स्वास्थ्यमन्त्री बस्नेत

एक सयदेखि ३ सय बेडसम्म भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाइ हुन्छः स्वास्थ्यमन्त्री बस्नेत
+
-

काठमाडौँ – सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित निकायसँग पटक–पटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उनको भनाइ थियो।

मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्नेहरू डिप्रेशनमा जाने क्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रुपान्तरण नै हुनेगरी सो निर्णय लिएको पनि पटक–पटक दोहोर्‍याए।

उनले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालसँग सुझाव लिने काम शुरु गरिएको बताए। मन्त्री बस्नेतले ३ सयभन्दा बढी बेड भएका सरकारी अस्पतालमा भने एमबिबिएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको बताए।

त्यस अवसरमा मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र त्यसका लागि बजेट अभाव हुन नदिने दाबीसमेत गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?