
काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको आन्दोलनका सहभागीहरु बल्खुबाट कुलेश्वरतर्फ छिर्न खोज्दा बिहीबार दिउँसो प्रहरीसँग झडप भएको छ। झडपका क्रममा पानीका फोहोरासाथै अश्रुग्याससमेत प्रहार भएको थियो।
बल्खु क्षेत्रमा जम्मा भएका आन्दोलनका सहभागीहरु कुलेश्वरतर्फ पस्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेको थियो। प्रहरीले प्रदर्शनकारीहरुमाथि अश्रुग्यास र पानीका फोहोरा हानेपछि भिड तितरबितर भएको थियो।
देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका तस्बिरहरु: