छतबाट लडेर घाइते भएकी शाहीको हेलिकोप्टरबाट उद्धार

छतबाट लडेर घाइते भएकी शाहीको हेलिकोप्टरबाट उद्धार
+
-

सिमकोट – घरको छतबाट लडेर गम्भीर घाइते भएकी एक जना महिलाको अहिले बेलुका नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। घाइते महिलाको जिल्ला अस्पतालमा उपचार नहुने भएपछि प्रदेश अस्पताल सुर्खेतका लागि हेलिकोप्टरले उद्धार गरेको हो।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी ३४ वर्षीया बिमा शाही शुक्रबार घरको छतबाट लडेर गम्भीर घाइते भएकाले हेलिकोप्टरबाट सुर्खेत उद्धार गरिएको बताए।

घाइते शाहीको टाउको, छाती र दाँतसमेत झरेका छन्। उनको अवस्था निकै चिन्ताजनक छ। उनले घटनास्थलबाट घाइतलाई एम्बुलेन्समा जिल्ला अस्पताल ल्याएको र अस्पतालमा चिकित्सकले उपचार हुन नसक्ने भन्दै जिल्लाबाहिर रिफर गरेका कारण हेलिकोप्टरमा उद्धार गरिएको बताए।

बराह दल गुल्मका गुल्मपति दिनेश खड्काको विशेष पहलमा हेलिकोप्टर झिकाइएको हो। हेलिकोप्टर भाडाका लागि गाउँपालिकाले सहयोग गर्नेबारे बैठक बसेर छलफल हुने अध्यक्ष रावलले बताए। घाइते शाही छतबाट घरको तल्लो तलमा झर्ने क्रममा लडेकी हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?