‘क्रस कन्ट्री’मा नेपाली खेलाडीको वर्चस्व

‘क्रस कन्ट्री’मा नेपाली खेलाडीको वर्चस्व
+
-

पोखरा- पोखरामा सम्मन नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्रीमा नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन्। सामूहिक र व्यक्तिगत विधामै नेपाली खेलाडीले वर्चस्व कायम गर्न सफल भएका हुन्।

१७ किलोमिटर दौड, २२ किलोमिटर साइक्लिङ र १ किलोमिटर डुंगा दौड गरेर ४० किलोमिटर दूरीको सामूहिक प्रतिस्पर्धामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्बाङको समूह विजेता बन्यो। उनीहरूले उपाधिसँगै ३ लाख ६० हजार रुपैयाँ प्राप्त गरे।

वसन्त थारु, मुकेश थारु र श्रेवि महर्जनको समूह दोस्रो भयो। प्रेमसिंह थारा, रमेश कुमार लिम्बु र केशरी थापा मगरको समूह तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो।

दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ पाएका छन्। यो विधामा १० नेपाली र ३ चिनियाँ टोली प्रतिस्र्धामा थिए।

३८ किलोमिटरको व्यक्तिगत प्रतिस्पर्धामा पुरुषतर्फ नेपाली सेनाका धावकले वर्चस्व देखाए। होमलाल श्रीस विजेता हुँदा बेदबहादुर सुनुवार दोस्रो, तीर्थ तामाङ तेस्रो, करन रावल चौंथो भए।

महिलातर्फ नेपालकै मञ्जु रावत विजेता भइन् । पदमकुमारी सुनुवार दोस्रो, चीनकी चेङ जुनेइ तेस्रो र सिर्जना कुलुङ चौंथो बनिन्।

महिला पुरुष दुवै विधाका विजेताले जनही १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ र चौथोले १८ हजार रुपैयाँ जितेका छन्।

विद्यार्थी दौड प्रतियोगितामा कुमदिनी होम्सका कृष्ण परियार र छोरेपाटन माविकी नारायणी भण्डारी विजेता बन्दै २५ हजार रुपैयाँ हात पारेका हुन्।

छात्रतर्फ तेन्जन मगर दोस्रो बादल कार्की तेस्रो, कृष्ण घर्ती चौथो र भगतसिंह गुरुङ पाँचौं बने। छात्रातर्फ एन्जिला जिटी दोस्रो, गीता श्रेष्ठ तेस्रो, कञ्चन लिम्बु चौथों र कविता मगर पाँचौं भइन्।

विद्यार्थी दौडमा छात्रछात्रातर्फका दोस्रोले जनही २० हजार रुपैयाँ, तेस्रोले १५ हजार रुपैयाँ, चौथोंले १० हजार रुपैयाँ र पाँचौले ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?