
काठमाडौँ – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले काठमाडौँको गौशालामा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको भने प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा हानेका छन्। केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौँको सिफल चौरमा विरोध प्रदर्शन गरेका थिए। मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका छन्।
गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरू गरेपछि प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको हो।