
काठमाडौं- दुर्गा प्रसाईंको’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’अभियानका समर्थक ट्याक्सी व्यावसायी संघका अध्यक्ष सानू पुर्वाछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ।
यही मंसिर ७ गतेदेखि सुरु भएको प्रसाईंको आन्दोलनका यातायात व्यवस्थापक एवम् प्रदेश २ का संयोजक मगरलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको हो।
सोमबार गौशालामा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले प्रसाईंका समर्थकहरूलाई पक्राउ गरिरहेको छ।
प्रहरीले सोमबार १५ र आज १ गरी जम्मा १६ जनालाई पक्राउ गरेको छ।