ग्वार्कोमा एकाबिहानै प्रेसर कुकर बम, सेनाले पार्‍यो निष्क्रिय

ग्वार्कोमा एकाबिहानै प्रेसर कुकर बम, सेनाले पार्‍यो निष्क्रिय
+
-

ललितपुर – अज्ञात समूहले ललितपुुरका तीन ठाउँमा शंकास्पद बस्तु राखेकोमा सेनाको टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी गणेशबहादुर एयरका अनुसार ग्वार्कोमा प्रेसर कुकर बम भेटिएको र सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ ।

यस्तै थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु भने प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको एसएसपी एयरले जानकारी दिए ।

एसएसपी एयरले देश सञ्चारसँग भने, ‘केही ठाउँमा शंकास्पद बस्तु भेटिएका थिए । सेनाको सहयोगमा निष्क्रिय पारिएको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

ललितपुरमा बन्दको प्रभाव नपरेको र सुरक्षा व्यवस्था मजबुद बनाइएकाले ढुक्क भएका यात्रा गर्न उनले आग्रह गरेका छन् ।

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

ललितपुरको लगनखेल बसपार्क आसपास क्षेत्रबाट बन्द गराउँदै हिँडेका तीन जनालाई पक्राउ गरिएको एसएसपी एयरले जनाकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे

भक्तपुरका दुई ठाउँमा बिहानै प्रेसर कुकर बम, सुरक्षाकर्मीले निष्क्रिय पारे

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?