नेपाल सुपर लिग: वीरगन्जलाई तेस्रो खेलमा पहिलो अङ्क

नेपाल सुपर लिग: वीरगन्जलाई तेस्रो खेलमा पहिलो अङ्क
+
-

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा वीरगन्ज युनाइटेड फुटबल क्लबले तेस्रो खेलमा पहिलो अङ्क जोडेको छ। मंगलबार भएको खेलमा अपराजित ललितपुर सिटी फुटबल क्लबलाई २-२ गोलको बराबरीमा रोक्दै पहिलो अङ्क जोडेको हो।

दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपनि ललितपुर अङ्क गुमाउन बाध्य भयो। ललितपुर भने चौंथो खेलमा यो लगातार तेस्रो बराबरी हो। वीरगन्जले तेस्रो खेलमा पहिलो अङ्क जोड्यो। मंगलबार वीरगन्जलाई हराएर शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहेको ललितपुरलाई भन्ने बराबरीले धक्का लागेको छ।

ललितपुर विरुद्ध वीरगन्जले सुरुवाती अग्रता बनाएपनि ललितपुरले दबाब राख्दै पहिलो हाफमै पुनरागमन गर्दै अग्रता बनायो। सुरुवातमानै अग्रता बनाउने क्रममा १० औं मिनेटमा विरगन्जले अग्रता लियो। ओपोकुले ललितपुर विरुद्ध गोल गर्दै उत्कृष्ट सुरुवात दिलाए। तर उनको अग्रता ललितपुरले ३ मिनेट पनि टिक्न दिएन। सेसेहाङ आङदेम्बेको लामो पासलाई इमोन इजीकीएले गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमानै अग्रता बनाउने क्रममा २७औं मिनेटमा ललितपुरले अग्रता लिन सफल भयो। गोलरक्षक जादजेले गरेको गल्तीको फाइदा उठाँउँदै निखिलले सहज गोल गरे। पहिलो हाफमा अग्रता दोब्बर बनाएपनि त्यसलाई कायम राख्न भने ललितपुर असफल भयो।

दोस्रो हाफमा खेलमा फर्किने क्रममा विरगन्जले एक गोल गरेको थियो। सब्सटिच्युट खेलाडीको रुपमा मैदान छिरेका कृपा कान्त महतोले गोल गर्दै खेलमा बराबरी गरेका थिए। उनले ओपोकुको ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा लागेर फर्किएको बललाई उनले गोलमा परिणत गरेका थिए।

दोस्रो हाफमा तुलनात्मक रुपमा राम्रो देखिएको विरगन्ज विरुद्व ललितपुर भने पहिलो हाफको प्रदर्शन दोहोर्‍याउन असफल भयो। ५७औं मिनेटमा वीरगन्जले अग्रताको अवसर दुर्भाग्यपूर्ण बन्यो। जय गुरुङले निकै टाढाबाट प्रहार गरेको शक्तिसाली प्रहार पोलमा लाग्दै रिबाउन्ड हुँदा गोलरक्षकले समाएका थिए। त्यसपछि ललितपुर र वीरगन्ज दुबैले गोलका केही सिमित अवसर पाएपनि सदुपयोग गर्न भने सकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?