क्रिस्टल प्यालेसलाई हराँउदै लिभरपुल शीर्ष स्थानमा

क्रिस्टल प्यालेसलाई हराँउदै लिभरपुल शीर्ष स्थानमा
+
-

इंग्लिस प्रिमियर लिगमा लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। लिभरपुलले एक खेल कम खेलेको आर्सनललाई १ अङ्कले पछि पारेको हो।

खेलमा अग्रता भने प्यालेसले लिएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा क्रिस्टल प्यालेसले ५७ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो। तर ७५ औं मिनेटमा प्यालेसका जोर्डन अवेले दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको ९० सेकेन्डमानै लिभरपुलले खेल बराबरीमा ल्यायो।

मोहम्मद सलाहले लिभरपुलका लागि २ सयौं गोल पुरा गर्दै खेल बराबरीमा ल्याएका हुन्। लिभरपुलका लागि २०० गोल गर्ने सलाह पाँचौं खेलाडी हुन। यसअघि इयान रस, रोजर हन्ट, गोर्डेन हडसन र बिली लिडेलले २ सय गोल गरेका थिए।

लिभरपुलका लागि निर्णायक गोल भने हार्वे इलियटले गरेका थिए। इन्जुरी समयको पहिलो मिनेटमा उनले मोहम्मद सलाहकै पासलाई सदुपयोग गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?