महाराष्ट्रमा जातीय हिंसा भड्कियो, एकको मृत्यु

+
-

पुणे- भारतको महाराष्ट्र राज्यको पुणेमा दुई समुदायबीच भएको जातीय हिंसा अन्य भागमा पनि फैलिएको छ।

मंगलबार मुम्बईका साथै हडपसर र फुरसुंगीमा सार्वजनिक यातायातमा ढुंगामुढा गरिएको छ। यसैगरी कुर्ला, मुलुण्ड, चेम्बुर र ठाणेमा स्थिति तनावग्रस्त छ।

हिंसा चर्कंदै गएपछि औरंगाबाद र अहमदनगरमा बस सेवा बन्द गरिएको छ। अंग्रेजी नयाँ वर्षका दिन पुणेको कोरेगाउँ भीमागाउँमा शौर्य दिवस मनाइएपछि विवाद बढ्दै गएको हो।

त्यस विवादपछि दुई समुदायबीच झडप शुरु भएको हो। झडपका क्रममा एकजनाको मृत्यु भएको छ। घटनामा मर्ने माथिल्लो जातिको भएको बताइएको छ। सरकारले यो स्थानमा धेरै भिडभाड जम्मा नहुन आदेश दिएको छ।

पुणेको जातीय हिंसामा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले प्रतिक्रिया दिँदै भने, ‘सरकारको बदनाम गर्न यस्तो षड्यन्त्र गरिएको हो।’ सरकारले घटनाको छानबिन गर्न आदेश दिएको छ। मुख्यमन्त्रीले मृतकका परिवारजनलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

नेता शरद पवारले घटनामा संलग्न व्यक्तिको खोजी गरी कारबाही गर्न आग्रह गरेका छन्। शौर्य दिवसमा ठूलो मात्रामा भीड लाग्ने सम्भावना हुँदाहुँदै पनि प्रशासनले बेवास्ता गरेको उनको भनाइ छ।

सन् १८१८ को जनवरी १ तारिख मा अंग्रेज र पेशवा बाजीराव द्वितीयबीच कोरेगाउँमा युद्ध भएको थियो। यसमा बाजीरावको हार भएको थियो। मारिनेमा केही दलित पनि थिए।

सोमबार कोरेगाउँ भीमामा कार्यक्रम आयोजना गरिएको थियो। सोमबार रिपब्लिक पार्टी अफ इन्डिया (अठावले) ले कोरेगाउँमा युद्ध भएको २ सय वर्ष पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको थियो। केही दशकअघि अंग्रेज आएर त्यहाँ आफ्नो विजयस्तम्भ राखेको थियो।

अंग्रेजसँगको युद्धमा दलित मारिएका हुनाले केही समयपछि यसलाई दलितहरूले आफ्नो प्रतीक ठान्न थाले। वार्षिक हजारौं दलित आएर अंग्रेजको विजयस्तम्भमा श्रद्धाञ्जलि दिन थालेका छन्।

स्थानीय बासिन्दाले भने यस्तो र्‍यालीको विरोध गर्दै आएका थिए। स्थानीयले पहेँलो रंगको झण्डा लिएर गएका थिए। यसरी विवाद शुरु भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?