पोखरामा गोधूलि गीतको परिचर्चा

पोखरामा गोधूलि गीतको परिचर्चा
+
-

पोखरा- १० वर्षे सशस्त्र जनयुद्धको उद्गमस्थल रोल्पा। रोल्पालीले जनयुद्धको रापताप कसरी सामना गरे होलान्? जनयुद्धले बसालेको खत कस्तो थियो?

जनयुद्धको डोबलाई संगालेर साहित्यकार भानु बोखिमले उपन्यास ‘गोधूलि गीत’ बजारमा ल्याएका छन्। गोधुली गीतको शनिबार पोखरामा परिचर्चा गरिएको छ। र्‍यान्डम रिडर्स सोसाइटी पोखराले उपन्यास परिचर्चाको चाजोपाँजो मिलाएको हो।

कवि एवम पत्रकार विकास रोका मगरले अवधारणापत्र प्रस्तुत गर्दै उपन्यासमाथि समीक्षा गरे। मगरले उपन्यास जनयुद्धसँगै माओवादीको एउटा सफेद इतिहासक्रम रहेको बताए।

‘कस्तो माओवादी कस्तो भयो? गोधूलि गीत पढे पुग्छ। गोधूलि गीत माओवादी पतनको एउटा श्रृंखलाबद्ध कथा पनि हो’, उनले भने।

उपन्यासमा आवश्यकताभन्दा लामा फिल्मिङ रहेको उनले बताए।

उपन्यासमा पूर्वेली लवज हावी भएको बताए। ‘उपन्यासमा उनीहरुलाई केवल पात्रका रुपमा मात्रै ल्याइएको हो कि? पात्रमा न स्थानीय भाषा बाँचेको छ न त लवज नै! रोल्पाली कथामा पूर्वेली लवज हाबी भएको देखिन्छ। लेखक पूर्वेली भएर हुन सक्छ। उपन्यासमा जुन आञ्चलिकताको अपेक्षा गरेको थिएँ, त्यो पाउन सकिनँ’, मगरको समिक्षा छ।

२०६३ सालमा जनयुद्धको रापताप उत्कर्षमा पुगेको बेला रोल्पा पुगेपछि गोधूली साँझको बिजारोपण भएको लेखक बोखिमले सुनाए। रोल्पाबाट प्रभावित भएर लेखेको उनको भनाइ छ।

‘म अरु ठाउँ गएको भए त्यहाँ प्रभावित भएर लेख्थे होला। त्यतिबेला म रोल्पा पुग्दा सग्लो चिज केही पनि देखिँदैनथ्यो’, उनले सम्झिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?