
सोल-दक्षिण कोरियाले उत्तर कोरियालाई उच्चस्तरीय वार्ताका लागि आग्रह गरेको छ। शीतकालीन ओलम्पिक खेलमा सहभागी हुन उसले जनवरी ९ तारिखमा वार्ता गर्न प्योङयाङलाई अनुरोध गरेको छ।
नयाँ वर्षको उपलक्ष्यमा उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालीन ओलम्पिकमा एक टोली सहभागी हुन सक्ने बताएको भोलिपल्टै दक्षिणले यस्तो प्रस्ताव गरेको हो। उक्त बैठक उत्तर र दक्षिण कोरियाको सीमावर्ती क्षेत्र पानमुनजोङमा बस्ने बताइएको छ।
फेब्रुअरीमा उक्त प्रतिस्पर्धा हुँदै छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले दुई देशबीचको सम्बन्ध सुधारका लागि यो उत्कृष्ट अवसर भएको उल्लेख गरेका छन्।
मंगलबारको मन्त्रिपरिषद्को बैठकमा मुनले यसका लागि आणविक परीक्षण रोक्न पनि आग्रह गरेका छन्।