बुटवललाई हराउँदै पोखरा बन्यो प्लेअफ पुग्ने पहिलो टोली, इलामसँग ललितपुर पराजित  

बुटवललाई हराउँदै पोखरा बन्यो प्लेअफ पुग्ने पहिलो टोली, इलामसँग ललितपुर पराजित   
+
-

काठमाडौं- दशरथ रङ्गशालामा जारी नेपाल सुपर लिग (एनएसएल) मा सुपर चारमा पुग्ने पोखरा थन्डर्स पहिलो टोली बनेको छ। मंगलबार भएको खेलमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गर्दै पोखराले प्लेअफमा स्थान पक्का गरेको हो। पोखराको जितमा मोजेस ट्वुमले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो।

जितसँगै पोखराले ७ खेलमा १४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लियो। पराजित बुटवलको भने ७ खेलमा ७ अङ्क रहेको छ। बुटवल सातौँ स्थानमा रहेको छ। बुटवलको हारपछि प्लेअफ सम्भावना कमजोर बनेको छ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ मा रहने टोलीले फाइनल क्वालिफायर खेल्दा तेस्रो र चौथोमा रहने टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा हुने छ। विजेताले क्वालिफायरमा पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ। मंगलबार अधिकांश समय प्रतिस्पर्धात्मक खेलमा बुटवलले पाएका केही राम्रा अवसर सदुपयोग हुन नसक्दा महत्वपूर्ण तीन अङ्कबाट टोली विमुख भयो।

त्यस्तै दिनको पहिलो खेलमा प्लेअफ समीकरणबाट बाहिरिसकेको स्पोर्टिङ इलामसँग ललितपुर सिटी पराजित भयो। सिजनको पहिलो हार भोगेको ललितपुर एक हारसँगै प्लेअफको सम्भावनाबाट समेत बाहिरियो। दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा  ललितपुरलाई पराजित गर्दा दोस्रो हाफमा फोडे कामाराको एकमात्र गोल निर्णायक बन्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?