देउवाकै अगाडि गण्डकीका मुख्यमन्त्रीले भने- तपाईंहरूकै नालायकीले गर्दा गाली मैले खानुपर्ने?

देउवाकै अगाडि गण्डकीका मुख्यमन्त्रीले भने- तपाईंहरूकै नालायकीले गर्दा गाली मैले खानुपर्ने?
+
-

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय संसदको नालायकीपनको कारण आफूले जनताको गाली खानुपरेको भन्दै आक्रोश पोखेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कानुन तथा संघीय मामिला मन्त्री धनराज गुरुङलगायतका कांग्रेस संसदसमक्ष उनले संघले प्रदेशलाई अधिकार नदिएको पाण्डेले टिप्पणी गरे।

उनले भने, ‘प्रदेशलाई चाहिने कानुन पटक-पटक भनेका छौं। संघले प्रहरी समायोजन कानुन, जग्गा प्राप्तिको कानुन, संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायतका कानुनहरू बनाउन सक्दैन भने प्रदेश सरकार स्थानीय सरकारले काम गर्न सक्दैन।’

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार प्रमुखको हैसियतले आफूले गाली खाइरहेको सुनाए। के काम छ तपाईंहरूको भनेर प्रश्न आउने उनले उल्लेख गरे।

‘म तपाईंहरूलाई साक्षी राखेर सभापतिज्यु तपाईं पनि हुनुहुन्छ, त्यही संघीय संसदको सदस्यलगायतका महामन्त्री र आदरणीय साथीहरू, यो जिम्मेवारी कसकाे हो? संघीय कानुन बनाउने जिम्मेवारी कसकाे हो?’, प्रश्न तेर्साउदै उनले भने, ‘तपाईंहरूले कानुन नबनाइदिएका कारण हामीले कानुन बनाउन सकिरहेका छैनौं। हामीले कानुन नबनाएको कारणले स्थानीय तहले कानुन बनाउन सकेको छैन। कतिपय कानुन बनाएका छौं तर, संघका कानुन नभएका कारणले लागु गर्न सकिरहेका छैनौं।’

कांग्रेस संघीयता संविधानमा लेखेकै कारण मानिरहेको छ या साँच्चै लागु गर्ने पक्षमा छ स्पष्ट पार्ने बेला आएको मुख्यमन्त्री पाण्डेकाे भनाइ छ। संघीयता कार्यन्वयनमा पार्टी दृढतापूर्वक उभिने भए बनाउन बाँकी कानुन छिट्टै बनाउनुपर्ने उनले बताए।

आक्रोशित हुँदै मुख्यमन्त्री पाण्डे अगाडि थपे, ‘कानुन तपाईंहरूले नबनाउने। तपाईंहरूको नालायकी! संघीय संसदमा बस्ने सांसदहरूको नालायकी कारणले, माफ गर्नुहोला मैले यो शब्द प्रयोग गरें। कानुन नबन्ने सडकमा आएर गाली मैले खानुपर्ने?’

अब यो अवस्थाको अन्त्य हुनुपर्ने उनले माग राखे। कानुन बनाउन नसके सरकारले संघीयता खारेज गर्नुपर्ने उनले बताए। नत्र धेरै समय यही अवस्था धान्न नसकिने उनको अनुमान छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?