चितवनसँगको हारले धकेलियो झापाको प्लेअफ सम्भावना

चितवनसँगको हारले धकेलियो झापाको प्लेअफ सम्भावना
+
-

काठमाडौं- लगातार दोस्रो जितसहित ‘प्लेअफ’ को सम्भावना बलियो बनाउन दशरथ रंगशालामा उत्रिएको झापा अन्नत चितवनसँग २-० ले पराजित भएको छ। चितवका कप्तान विशाल श्रेष्ठको उत्कृष्ट प्रदर्शन गरेको खेलमा चितवनले सान्तवना जित निकाल्दा झापाको प्लेअफ सम्भावना भने धकेलिएको छ।

प्लेअफ दौडबाट यसअघि नै बाहिरिएको चितवनले झापाको प्लेअफ सम्भावनामा समेत धावा बोल्यो। जितसँगै चितवनले ९ अंकका साथ प्रतियोगिताको अन्त गर्‍यो। झापा भने ८ खेलमा १० अङ्क रहेको छ तत्काललाई चौंथो स्थानमा रहेको छ। तर अब झापाले आफ्नो खेल सकिएकाले अन्य टिमको प्रदर्शनले मात्र उसको भविष्य तय हुने छ।

शनिबार लिग चरणको अन्तिम दिन वीरगन्ज युनाइटेड र बुटवल लुम्बिनी तथा काठमाडौं रेजर्स र ललितपुर सिटी खेल्ने छन्। झापालाई प्लेअफ पुग्न ललितपुरले जित दर्ता गरेर अर्को खेल बराबरीमा टुंगिनु पर्ने छ। बुटवलको जितले पनि उसको सम्भावना रहने छ।

झापाविरुद्ध खेलको सातौं मिनेटमै चितवनले अग्रता लियो। विमल घर्ती मगरको कर्नरमा युसुफ मुबारकको हेडर भिलाएको पासलाई अमिनुले आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए।

दोस्रो हाफमा खेलमा फर्किन एकपछि अर्को आक्रमण गरेको झापाका धेरै प्रहार गोलरक्षक विशाल श्रेष्ठले क्लियर गरेका थिए। निरन्तर आक्रमणमा रहेको झापा ७७औं मिनेटमा काउन्टर याट्याकमा गोल खान पुग्यो।सुमित श्रेष्ठले मिडफिल्डमा बल नियन्त्रणमा लिन नसकेको बललाई अमिनुले मध्यभागबाट बल लिएर बक्स भित्र उत्कृष्ट फिनिसिङ गर्दै टिमको जित निश्चित गरेका थिए।

८१औं मिनेटमा झापाले पेनाल्टीमा चितवनको अग्रता घटाउने अवसर पायो। छिरिङ गुरुङले अन्जनलाई बक्समा लडाएपछि झापाले पेनाल्टी पायो। तर अन्जनले गरेको फितलो पेनाल्टी प्रहारलाई विशाल श्रेष्ठले सहज रुपमा बचाए।

यसअघि शुक्रबारनै भएको दिनको पहिलो खेलमा पोखरा थन्डर्स र धनगढी एफसीले १-१ गोलको बराबरी खेलेका थिए। बराबरीपछि पोखरा शीर्ष स्थानमा पुगेको छ। धनगढीको बराबरीपछि प्लेअफ पक्का भएपनि शनिबारको खेलपछि उसको स्थान तय हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?