‘क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला’ नामक पुस्तक विमोचन

‘क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला’ नामक पुस्तक विमोचन
+
-

काठमाडौं- गिरिजाप्रसाद कोइराला फाउण्डेसन कोसी प्रदेशले क्रान्तिपुरुषः गिरिजाप्रसाद कोइराला नामक पुस्तक विमोचन गरेको छ।

विराटनगरमा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुस्तकबाट आउँदो पुस्ताले नेपाली राजनीतिका विषयमा जानकारी पाउने विश्वास व्यक्त गरे।

मेयर कोइरालाले राष्ट्रिय राजनीतिका गहना गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र ल्याउन खेल्नु भएको अहम भूमिका र मुलुकलाई प्रदान गरेको अभिभावकत्वको बारेमा पुस्तक गहकिलो दस्तावेजका रूपमा रहने बताए।

प्रजातन्त्र प्राप्तिका लागि कोइरालाले गरेका संघर्ष र चुनौतीबारे पुस्तकले नयाँ पुस्तालाई जानकारी गराउनसक्ने विश्वासले लिएको मेयर कोइरालाले बताए।

डा. मेदिनीप्रसाद सेढाईंद्वारा संकलित क्रान्तिपुरुष गिरिजाप्रसाद कोइराला पुस्तकमा विभिन्न व्यक्तिहरूको लेख समेटिएको छ।

कार्यक्रममा फाउण्डेसनले फाउण्डेसन कोशी प्रदेशका पूर्वअध्यक्ष तथा अर्थशास्त्री शैलेन्द्र शिवाकोटी र फाउण्डेसन मोरङका पूर्वअध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो।

त्यसैगरी, फाउण्डेसनले पुस्तकका लेखक सेढाई र विराटनगरस्थित पारस अस्पतालका अध्यक्ष शफिउर रहमानलाई समेत सम्मान गरेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’