मंगलबारदेखि पोखरा ओपन तथा भेट्रान्स टेनिस हुँदै

मंगलबारदेखि पोखरा ओपन तथा भेट्रान्स टेनिस हुँदै
+
-

पोखरा- पोखरामा मंगलबारदेखि १९ औं संस्करणको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पुस १० देखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।

प्रतियोगिताको तयारी पूरा भएको आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। पोखरा रंगशाला टेनिस एरिनामा १२ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नविन चालिसेले बताए।

महिला पुरुष सिंगल, डबल्ससँगै ३५, ४५, ५५ र ६५ वर्षमाथिको उमेरसमूहमा प्रतिस्पर्धा हुने उनले जानकारी दिए।

नेपालका वरियता प्राप्त खेलाडीसँगै भारत, युके, बंगलादेश लगायतबाट २२० खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। महिलातर्फ १३ जना खेलाडी सहभागी हुने जनाइएको छ।

ओपनतर्फ महिला पुरुष सिंगलको विजेताले ८० हजार र उप-विजेताले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। डबल्सतर्फको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँले पुरस्कृत हुनेछन्।

३५ वर्षमाथिको सिंगल विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४५ वर्षमाथि सिंगल विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँले पुरस्कृत गरिनेछ।

५५ वर्षमाथि सिंगलको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउने आयोजक कास्की जिल्ला टेनिस संघले जनाकारी दिएको हो।

३५, ४५ र ५५ वर्षमाथिको डबल्स प्रतिस्पर्धाको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ जित्नेछन्।

ओपनतर्फ सिंगल, डबल्ससँगै ३५, ४५ र ५५ वर्ष माथि उमेर समूहका प्रतिस्पर्धाका सेमिफाइनलिस्टलाई समेत १० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ।

६५ वर्ष माथिको सिंगलतर्फको विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयाँ पाउनेछन्। पुरस्कारमा मात्रै ८ लाख रुपैयाँ खर्च हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?